वडा सदस्य बुढाको निधन

Posted on: 29 Aug, 2019

भदौ १२, सिञ्जा । पातारासी गाउँपालिका–४ का वडा सदस्य उदयराम बुढाको निधन भएको छ । पूर्वनेकपा माओवादीको तर्फबाट खुल्ला सदस्यमा निर्वाचित ६५ वर्षीय बुढाको बुधबार आफ्नै निधन भएको हो । वडा नम्बर ४ का सामाजिक परिचालक उसा बुढाका अनुसार उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । बुढाको आज दाहसंस्कार गरिएको छ । उहाँका तीन छोरा छन् । वडाध्यक्ष कालिबहादुर रावतले बुढाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसभा पारित गरिएको जानकारी दिनुभयो । 

२५० भेडा मरे

तिला गाउँपालिका–६ मा आज चट्याङबाट भूतवाडा पाटनमा २५० भेडा मरेका छन् । तिला–६ का नुनिलाल रावत, लालबहादुर रावत, जयलाल रावत, बाँचे रावत र  देवबहादुर रावतका भेडा मरेको स्थानीयवासी महाविर रावतले जानकारी दिनुभयो । ट्याङ लागेर महाविर रावत घाइते भएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!