नेपाली विमान जापान पुग्यो, पहिलो उडानमै १ करोड घाटा

Posted on: 30 Aug, 2019

भदौ १३, काठमाडौँ | जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ । 

निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेको थियो । 


‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउँदा एक करोड रुपैयाँ घाटा बेहोर्नुपर्यो’ निगका एक अधिकारीले भने । 

जापानले नेपाललाई सातामा १४ उडानको अनुमति दिएको छ । 

- यो समाचार कान्तिपुर दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!