सुर्खेतमा २३ वटा गाई मृत फेला

Posted on: 30 Aug, 2019

भदौ १३, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत फेला परेका छन् | बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् । गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!