वीरगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु

Posted on: 30 Aug, 2019

भदौ १३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको रानीघाटमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी घर भई वीरगजमा डेरा गरी बस्दै आएका लालबहादुर दासको श्रीमती ३६ बर्षिया रोमा देवी दासको करेन्ट लागेर मृत्यु भएको हो । 

घरमै रहेको कलधारामा जडान गरिएको मोटरबाट करेन्ट सर्ट भई उनलाई करेन्ट लागेको थियो । गम्भिर घाइते अवस्थामा नारायणी उपक्षेत्रिय अस्पताल पुर्‍याएको थियो । 

अस्पतलमा उपचारको क्रममा उनको निधन भएको र शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!