अदालतको मानहानी गरेको भन्दै रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा निवेदन

Posted on: 30 Aug, 2019

भदौ १३, काठमाडौँ | अदालतको मानहानी गरेको भन्दै सञ्चारकर्मी रवि लामिछाने र बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी विरुद्ध निवेदन दर्ता भएको छ । निर्मला पन्त घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै  अङ्गुर जिसी  बर्खास्त भएका थिए |

जिल्ला अदालत कञ्चनपुरमा उनीहरु विरुद्ध दिलिप बिष्टका दाई खड्क बिष्टले निवेदन दर्ता गरेका हुन् । सिधा कुरा जनतासंग कार्यक्रममा मुद्धा चलिरहेकै अवस्थामा बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीको अन्तरवार्ता लिएर अदालतको मानहानी गरेको भन्दै निवेदन दर्ता गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकृष्ण अवस्थीले बताए |

‘आईतवार सुदूरपश्चिम प्रदेशमा सार्वजनिक विदा छ,’ अवस्थीले भने, ‘सोमवार उक्त निवेदन न्यायधिस समक्ष पेश हुन्छ, त्यसपछि मात्रै निवेदनको प्रक्रिया अगाडी बढ्ने छ ।’ बर्खास्त भएका  (सिआइबी) का प्रहरी नायब उपरीक्षक जिसीले  सिधा कुरा संग कार्यक्रममा निर्मला पन्तको बलात्कारपछि हत्यामा सत प्रतिशत दोषी दिलिप विष्ट नै भएको ठोकुवा गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!