चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्था फेला

Posted on: 30 Aug, 2019

भदौ १३, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको पश्चिमी क्षेत्र मेघौलीमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाइएको छ |

चालु आर्थिक बर्षमा कालगतिले मरेको यो नै पहिलो गैंडा हो । गत बर्ष यहि समयमा चार गैंडा मरेका थिए । सूचना अधिकारी घिमिरेका अनुसार अन्दाजी ३५ बर्षको गैंडा भदौ ११ गते मृत अवस्थामा भेटिएको थियो । गैंडाको औसत आयु ३५ देखि ४० बर्षको हुने गरेको छ ।

गैंडा कालगतिले मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । गत आर्थिक वर्षमा कालगतिका कारण निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा सर्वाधिक धेरै ४३ गैंडा मरेका थिए । निकुञ्जमा ६०५ गैंडा छन् । निकुञ्जमा यस बर्ष गैंडा गणना गर्ने कार्यक्रम छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!