एटीएमबाट पैसा चोर्दा–चोर्दै ५ चिनियाँ नागरिक पक्राउ

Posted on: 01 Sep, 2019

भदौ १५ , काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ । 

मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै चिनियाँ नागरिक हुन् । पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!