मोटरसाइकल ठक्करबाट १ को मृत्यु

Posted on: 01 Sep, 2019


१५ भदौं, पर्वत । मोटरसाइकलको ठक्करबाट पर्वतमा एक जना महिलाको ज्यान गएको छ ।

 फलेवास नगरपालिका ५ खानीगाउँमा   ध १ प ३६६६ को मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५० वर्षिया विष्णुदेवी दर्जीको मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरि तिन जना सवार उक्त मोटरसाइकल सहित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!