सडकमै दर खाइयो

Posted on: 01 Sep, 2019

पर्वत । पर्वतमा सडकमै सामुहिक दर खाएर महिलाहरुले तीज मनाएका छन् । तीज आउन केहि दिन बाँकी रहेको अवस्थामा सडकमै दर खाएर महिलाहरुले एक आपसमा सदभाव बाँडेका छन् । सनराइज बैंकको सहयोग र स्थानीय एकता युवा क्लबको आयोजनामा कुश्मामा सामुहिक दर खाने कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रमको उद्घाटन कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले गरे । उनले समाजमा पछिल्लो समयमा संस्कृति, पर्व मनाउने नाउमा विकृति मौलाएको भन्दै संस्कृतिलाई संरक्षणमा लाग्न महिलाहरुलाई आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय पर्वतले तीजको नाउँमा विकृति मौलाएको भन्दै पार्टी प्यालेसमा तीज मनाउन रोक लगाएको छ । प्रशासनले सूचना जारी गर्दै पार्टी प्यालेसमा कार्यक्रम गरी तीज मनाउन रोक लगाएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!