कार्यालय समयमा मोवाइल नचलाउन मन्त्री भट्टराईको निर्देशन

Posted on: 01 Sep, 2019

भदौ १५, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइलसमेत नचलाउने निर्देशन दिएका छन् । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थल नेतृत्वलाई निर्देशन दिएका छन् ।

विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेराको थप व्यवस्था गर्ने योजना रहेको पनि उनले बताए । विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले  कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्रीभट्टराईको भनाइ छ ।

 विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पारे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!