कञ्चनपुरमा जन्मिएको अनौँठो शिशुको तीन दिनमा मृत्यु

Posted on: 01 Sep, 2019

भदौ १५, कंचनपुर | कञ्चनपुरमा गत बिहीबार जन्मिएको अनौँठो शिशुको शनिबार साँझ मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीया महिलाले आँखा नदुलेको मुख ठूलो, कान फरक, खुट्टा लगायत पुरै शरिरको बनावट फरक भएको बच्चा जन्माएकी थिएन् ।

 

उनले गर्भअवस्थामा चिकित्सकलाई देखाउँदा बच्चा राम्रो रहेको बताएपनि जन्मदा अनौँठो बच्चा जन्मिएको बताइन् । अस्पताल लैजाँदै गर्दा बाटोमै जन्मेको बच्चाको ११ सय ग्राम तौल रहेको थियो । 

अनौठो बच्चा जन्मेपछि आफन्तलगायत गाउँले त्रसित र अचम्मित भएका थिए | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!