धादिङमा बलेरो दुर्घटना हुँदा १३ जना घाइते

Posted on: 01 Sep, 2019

भदौ १५, काठमाडौं | धादिङमा बलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्  | जिल्लाको ज्वालामुखी-६ धौखोला स्थित सडक खण्डमा आइतबार बलेरो दुर्घटना भएको हो |  घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

धादिङ ज्वालामुखी-५ खरीका ३१ वर्षीय रामबहादुर दुवाडी र सोही स्थानका ६५ वर्षीय काली गुरुङको अवस्था गम्भीर रहेकाले  थप उपचारका लागि काठमाण्डौस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ | अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ | घाइते हुने सबै धादिङ ज्वालामुखी-५ खरीका स्थानीय रहेका छन् ।

खरीबाट धादिङबेशीतर्फ आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बलेरो अनियन्त्रित भई सडकबाट अन्दाजी ४/५ मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जानकारी दिए  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!