एटीएमबाट पैसा लुट्ने एक जना चिनियाँ नागरिक भाग्न खोज्दा विमानस्थलबाट पक्राउ

Posted on: 02 Sep, 2019

भदौ १६, काठमाडौं | एटीएमबाट पैसा लुट्ने थप एकजना चिनियाँ नागरिक आइतबार राती त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेको प्रहरीले पुष्टि गरेको छ |

सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिए | यस्तै घटनामा संलग्न फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  शनिबार काठमाडौं प्रहरीले दरबारमार्गबाट राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!