पशुपतिनाथ प्रवेश गर्ने पूर्वी ढोका ११ वर्षपछि खुल्यो

Posted on: 02 Sep, 2019

भदौ १६, काठमाडौँ | वि.सं. २०६५ सालदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर प्रवेश गर्ने पूर्वी ढोका सोमबारदेखि खुला गरिएको छ | ११ वर्षदेखि पूर्वी ढोका भक्तजनका लागि बन्द थियो । पशुपति विकाष कोषका अनुसार जल ल्याउन मात्रै खुला गरिएको पूर्वी ढोका आजदेखि सधैंका लागि खुला गरिएको छ |

हरितालिका तीज पर्वको अवसरमा सोमबार पशुपतिनाथ मन्दिरमा पूजाआजा र दर्शनका लागि भक्तजनको भीडको छ | पूर्वी ढोका पनि खुला गरेपछि भक्तजनले अरूबेला भन्दा छिटो दर्शन तथा पूजा गर्न पाएका छन् |तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको हो । 

विहान ३ बजेदेखि नै मन्दिर प्रवेश गर्ने चार वटा ढोका खुला गरिएको थियो । भक्तजनको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!