५ हजार भन्दा बढि घर परिवारको पुन सर्वेक्षण

Posted on: 20 Feb, 2016

फाल्गुण ८, प्रज्वल पौडेल, रामेछाप ।

भुकम्प प्रभावित आवास पूर्ननिर्माण लगत संकलन कार्यक्रम रामेछापले अहिले सम्ममा रामेछाप जिल्लाका ५ हजार भन्दा बढि घर परिवारको पून : सर्वेक्षण गरेको छ ।

राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभाग मार्फत गरिएको सर्वेक्षण रामेछापका नगरपालिका / गाविसमा नै जारी रहेको सचिवालय अधिकृत सूरेन्द्र रावलले बताउनुभयो । उहाँका अनुसार हाल २ नगरपालिका र ४५ गाविसमा ९४ सर्वेक्षण टोलीले सर्वेक्षण गरिरहेको छ ।

सरकारले नक्कली भुकम्प पिडितको संख्या बढेको भन्दै भुकम्प अतिप्रभावित सबै जिल्लामा पुन : सर्वेक्षण थाले सँगै रामेछापमा पनि यो अभियान संचालन भएको हो । रामेछापमा प्रारम्भिक तथ्याङमा २६ हजार सात सय घरहरु क्षति भएको तथ्याङ आएको भए पनि पछिल्लो तथ्याङकमा बढेर ५२ हजार पुगेको थियो ।

भूकम्पलगत्तै सरकारी टोलीले स्थलगत अध्ययन गर्दा देशभरमा करिब ५ लाख घर क्षतिग्रस्त भएको तथ्यांक निस्किएकामा पछि त्यो बढेर ७ लाख ७० हजार पुगेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!