बाढी पहिरोको डरले रातभरी जागराम बस्छन मुगुका बालै बासी

Posted on: 02 Sep, 2019

दान बहादुर बुढा | भदौ १६, मुगु | मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ६ बालैमा साउन ३२ गते अबिरल आएको बाढी पहिरोलो ठूलो क्षेति भएपछि पुर्न बाढी आउछकी भन्ने डरले हिजो आज रात भरी जागराम बसेका छन् |  

बाढी पहिरोले बालै गाँउमा रहेको ५२ घर र एक सरस्वती आधारभुत बिद्यालय बालै समेत उच्च जोखीममा रहेको छन | बर्खाको समयमा पाक्न लागेको अन्न बाली कोदो,धान,कागुर्ने चिनो लगाएका ३ सय भन्दा बढी खेत ,१० वटा काठे पुल, ७ वटा पानि घट् ,३ वटा घर बगाएको छ ।


यस्तो बाढी पहिरो आठ-दश सय बर्ष पहिला आएको हुन सक्छ । यही गएको साउन ३२ गते आएको बाढीले निकै ठूलो क्षेति पुर्याएको छ | राहातको नाममा अहिले सम्म कुनै पनि निकायबाट सहयोग नभएको स्थानीयको भनाई छ | जिल्ला सदरमुकाम गमगढीबाट सिडीयो, स्थानिय सरकारका जनप्रतिनिधी,संघ सस्था आएर पनि हेरेर गएका छन । राहातको कुनै महसुर नभएको स्थानीयको गुनासो छ | हिजो देखि रातभरी जागराम भएर बस्नु परेको छ | सरोकारवाला निकायले राहात संगै बालै गाँउसारीलाई अर्को ठाउँमा बस्ती बिस्तार वा जोखीम न्यूनीकरण गर्नकालागी सहयोगको अपेक्षा राखेको बाढी पडित सल बहादुर रावलले बताएका छन ।


बढी पहीरोले ठूलो क्षेतति गरेको छ मुखमा खाने बेला पाक्न लागेको धान,कोदो,तरकारी, सबै बगाएर लगी सकेको छ । बाढी आउदा बच्चनको लागी सामान ओसार पसार गर्ने समयमा लालपुजा समेत हराइसकेको छ  ।  कुनै पनि निकायबाट एक पोका तेल समेत राहात दिन सकेका छैनन् । आउछन फोटो खिचेर लिन्छ स्थानिय सरकारका जनता नभए जस्ता भएका छौं । खाने खुर्सानी समेत नभएको हिजो आज खाली फेरी बाढी आउन्छकी भन्ने ठूलो चिन्ताले गर्दा खाएका खान पनि नपच्ने राति निन्दा नलाग्ने, स्थानिय बाढी पहिरो पिडीत कुशुम कली भामले बताएकी छन । 


सोच्दै नसोचेको कुरा भयो, एक्कासी आएको अबिरल बर्षातको बाढी  पहिरोले ठूलो क्षेति भएको छ । पुरै बडा नम्बर ६ का बासीहरु दु:खी भएका छौ । बाढी पहिरोले पानि घट्ट,पुल, पाक्न लागेको अन्न बाली खेत पुरै क्षेति भएको छ ।

पिडीतको राहतको लागी छायानाथ रारा नगरपालिका कणाली प्रदेश सरकार, केन्द्रिय सरकारसंग पहल भइरहेको छ | छिटो भन्दा छिटो राहात उपलब्ध गराउर्ने पक्षमा लागी रहेको बडा नम्बर ६ का वडा सदस्य लाल बहादुर मल्लले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!