बझाङको केदार स्युँ गाउँपालिकामा एक जनाको शव फेला

Posted on: 03 Sep, 2019

धुर्ब बिष्ट | भदौ १७, धुर्ब बिष्ट | सोमबार बझाङको केदार स्युँ गाउँपालिका बाग्थला नजिकै एक जनाको वेवारिसे शव फेला परेको छ | जिल्लाको बाग्थला-विजगडा सडक खण्ड अन्तर्गत बाग्थलाबाट १ किलोमिटर माथि सडकको तल्लो छेउमा शिक्षकको पोसाक लगाएको अवस्थामा करिब ५० बर्ष उमेरको एक जनाको शव  फेला परेको हो | 

सोमबार दिउँसो करिब ३ बजे कालंगा हाइड्रोपावरका टिप्पर चालकले देखेपछि नजिकै रहेको र बाग्थला चेक पोस्ट प्रहरीलाई जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । मृतक ब्यक्ति सोमबार बिहान मात्रै धनगढीबाट आएको  र बाग्थलामा रक्सी पनि सेवन गरेको खुलेको छ |

तर कुन गाडीमा आयो त्यो  थाहा नभएको बाग्थाला चेक पोस्टकाले जानकारी दिएको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको बाग्थला चेक पोष्टका प्रहरीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!