दाङमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु

Posted on: 03 Sep, 2019

भदौ १७, दाङ | पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडक खण्डको पिपरीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घोराही–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही–४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

लु १९ प ५५०६ र रा ३ प २०६१ को मोटरसाइकल एक आपसमा ठोक्किएलगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । घाइते दुबै जनालाई उपचारको लागि लमही अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!