राजनीति हाबी भएको भन्दै पाङराङ मेला स्थानीयले गरे बहिष्कार

Posted on: 04 Sep, 2019


पर्वत । फलेवास नगरपालिक ११ पाङराङमा लागेको तीज मेला समय तालिका अगाबै सकिएको छ । तीज गीत प्रतियोगिता, वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भनिएपनि मेलामा राजनीतिकरण भएपछि स्थानीयबासीले बहिष्कार गरेका थिए ।

कार्यक्रममा काँग्रेसको चुनावी प्रचारको अभियान जस्तै बनाएको भन्दै स्थानीबासीले कार्यक्रमको विरोधस्वरुप कार्यक्रम बहिष्कार गरेका हुन् ।

पाङराङ मा नेपाली काँग्रेसका तर्फबाट जीतबहादुर सुनार (शेरबहादुर)ले जितेका थिए भने अधिकांश वडा सदस्यहरु पनि नेकाबाट नै निर्वाचित थिए ।

सांस्कृतिक पर्वलाई समेत राजनीतिक करण गरेर चुनावको प्रचारप्रसार गरेजस्तो गरिएका कारण गाउँलेले कार्यक्रम नै बहिष्कार गरेका कारण पाँच दिन चल्ने भनेको कार्यक्रम डेढ दिनमा सकिएको हो ।

कार्यक्रमको उद्घाटन नेका महासमिति सदस्य गंगाधर तिवारीले गरेका थिए ।  भने पाङराङ युवा समाज र जनसिद्ध बाल क्लबले कार्यक्रमको आयोजना गरेको हो ।

क्लबले पाँच दिन कार्यक्रम गर्ने भनी विविभन्न संघसंस्थासँग रकम संकलन गरेको थियो तर कार्यक्रममा राजनीतिकरण भएपनि डेढ दिनमै सकिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!