कपनमा ग्याङफाइट हुँदा एक जनाले ज्यान गुमाए, दुई युवा समातिए

Posted on: 04 Sep, 2019

भदौ १८, काठमाडौँ | काठमाडौँलप कपनस्थित दुई समूहबीच भएको ग्याङ फाइटमा खोटाङ घर भई कपनकै आदर्शनगर बस्दै आएको १८ वर्षीय सञ्जय राईको मृत्यु भएको छ । 

मङ्गलबार राती ९ बजे दुई समूहबीच ग्याङफाइट हुँदा राई गम्भीर घाइते भएका थिए । उनलाई महाराजगंज स्थित टिचिङ अस्पतालमा उपचारको लागिएको लगिएपनि राती ११:२५ मा उनको मृत्यु भएको छ । 

प्रहरीले जनाए अनुसार फाइटका क्रममा राईलाई घाँटी र छातीमा धारिलो बस्तुले प्रहार गरिएको थियो । सञ्जयको हत्यामा संलग्न संखुवासभाका ३१ वर्षीय प्रेम राई र इलामका २६ वर्षीय सुसान राईलाई प्रहरीले बुधवार बिहान बौद्धको सिस्टाटारबाट पक्राउ गरिसकेको छ । 

पक्राउ गरिएकाहरुबाट घटनाबारे थप जानकारी खुल्ने प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!