लुक्लाबाट एउटै इन्जिनमा काठमाडौं आइपुग्यो सीता एयरको जहाज

Posted on: 04 Sep, 2019

भदौ १८, काठमाडौँ | सीता एयरको ड्रोनियर जहाजको एउटा इन्जिन आकाशमै फेल भएपनि पाइलटले सकुशल काठमाडौं अवतरण गराएका छन् | लुक्लाबाट आएको सीताको 'नाइनएन-एजेएच' नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो।

क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरले जानकारी दिएको छ |

उक्त जहाज आज बिहान ८:५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो। कुनै पनि यात्रु नभएको उक्त जहाज र उडान दलका सदस्यमा कुनै पनि क्षति नपुगेको उनले जानकारी गराएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!