रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

Posted on: 04 Sep, 2019

भदौ १८, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका ‘सिधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेको मुद्दामा  उच्च अदालत पाटनको हेटौंडा इजलासले कैफियत प्रतिवेदन मागेको छ |

पत्रकार लामिछाने र उनका सहकर्मी युवराज कँडेलले हिजो उक्त मुद्दामा जिल्ला अदालत चितवनले दिएको आदेशविरूद्ध हेटौंडा इजलासमा निवेदन दिएका थिए । निवेदनको सुनुवाइ गर्दै न्यायाधीश टेकराज नेपालको इजलासले कैफियत प्रतिवेदन माग्ने निर्णय गरेको हो।

उनले मंगलबार दिएको निवेदनमा आफूलाई पाँच लाख धरौटी तिराउने जिल्ला अदालतको आदेश बेरितपूर्ण भएको भन्दै बदर गर्न माग गरिएको उच्च अदालतको हेटौंडा इजलासका सहरजिष्ट्रार केशर अर्यालले जानकारी दिए। पुडासैनीलाई आत्महत्या गर्न 'दुरुत्साहन’ गरेको अभियोग लागेका लामिछाने र युवराज कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमश: पाँच र तीन लाख रुपैयाँ धरौटी मागेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!