पक्राउ परेका पत्रकार ओम हमालको रिहाइको माग गर्दै जिल्ला प्रशासन अघि धर्ना

Posted on: 04 Sep, 2019

भदौ १८, काठमाडौं | कास्कीमा पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ | उनलाई विप्लव समूहको कार्यकर्ताको आरोपमा प्रहरीले पक्राउ गरेको हो |

महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै, पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका छन् | पत्रकारहरुले पत्रकार ओम हमाललाई रिहा गर्न र सर्वोच्च अदालतको आदेश पालना गर्न सरकारलाई आग्रह गरेका छन् | विप्लव समूहको कार्यकर्ताको आरोपमा कास्कीको सिसुवाबाट भदौ ६ गते पक्राउ परेका हमाललाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो ।

तर रिहा भएलगत्तै सर्वोच्च अदालतको गेट नजिकैबाट प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य पत्रकार हमाल जनसञ्चार डट कम अनलाइनका सम्पादक हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!