निर्माणाधिन ग्रिनहिल सिटी हाउजिङको घर भत्कियो

Posted on: 04 Sep, 2019

भदौ १८, काठमाडौँ | काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा गएरातिको वर्षाले एउटा निर्माणाधीन घर भत्किएको छ । मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर राति २ बजे भत्किएका हो।


घरको संरचनामात्र तयार भएकाले घटनामा कुनै मानवीय क्षति भने भएको छैन । संरचना कमजोर भएर घर भत्किएको हो कि माटो नै कमजोर हो भन्नेबारे अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ।

कागेश्वरी मनोहरा-६ का वडा अध्यक्ष प्रकाश फुयाँलले मूलपानीका अन्य स्थानमा पनि हिजो राति स-साना पहिरो गएको तथा घर भित्र पानी पसेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!