फलेवासमा गुनासाका चाङ, मेयर शर्माका आफ्नै पीडा (भिडियोसहित)

Posted on: 04 Sep, 2019

गरको विकासमा नगरबासीलाई प्रत्यक्षरुपमा संलग्न बनाउन फलेवास नगरपालिकाले जनतासँग विकास संबाद गरेको छ ।

नगरपालिकाबाट हुने विकासे योजनामा नगरबासीको प्रत्यक्ष संलग्न बनाउनको लागि विकास संवादको आयोजना गरिएको हो । नगरका ११ वडामा विकास संवाद कार्यक्रम संचालन गरी नगरपालिकाले नागरिकलाई प्रत्यक्ष रुपमा नगरको विकासमा जुट्न आग्रह गरेको छ ।

नगरबासीले भने शिक्षा, स्वास्थ्य, खानेपानी, यातयात लगायतका विकासका पूर्वधारमा जोड दिएका छ । नगरभित्र ५ किलोमिटर सडक मात्रै कालोपत्रे भएको अवस्थामा नगरपालिकालाई स्थानीयले सडक कालोपत्रे गर्न दबाब समेत दिएका छन् । नगरबासीले वडा तहबाट चुस्त रुपमा काम हुन नसकेको गुनासो समेत गरेका छन् ।


फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माल केन्द्रिय तथा प्रादेशिक सरकारबाट स्थानीय सरकारलाई पुर्ण अधिकार नदिदा नागरिकका अपेक्षा अनुसारका काम गर्न  केहि असहज भएको बताए । उनले नागरिकलाई नगरप्रतिको अपनत्व दिलाउनको लागि नागरिक संवाद कार्यक्रमको आयोजना गरेको बताए ।


  नगरपालिकाले यस वर्ष क्लिन, ग्रिन कार्यक्रम संचालन गरिने, सुकुम्बासीलाई आवस स्मार्ट, विद्यालय , उत्कृष्ट हुने विद्यालयलाई बस हस्तान्तरण  ,जटिल किसिमका प्रसुति व्यथाका महिलालाई निशुल्क एम्बुलेन्स सेवा, बृहत कृषि उत्पादन कार्यक्रम, एक टोल एक हलो वितरण, जेष्ठ नागरिक स्वास्थय उपचार लगायतका नागरिक सेवाका कार्यक्रम रहेको  ल्याएको छ । जिल्लाका ७ स्थानीय तहमा मध्ये फलेवास नगरापलिकाले पहिलो पटक यस्तो कार्यक्रम ल्याएको हो । अन्य तहमा भने जनताको गुनासो सुन्ने कुनै पहल भएको देखिदैन ।









यस बिषयमा तपाइको प्रतिक्रिया...!