दशैं-तिहार अगाडि भाडा बढाउन व्यवसायीको माग

Posted on: 05 Sep, 2019

भदौ १६, काठमाडौं । दसैँ  तिहारका लागि सरकारको प्रस्तावअनुसार भदौ २५ गतेबाट दशैंको अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभागले व्यवसायीसँग गरेको छलफलमा विभिन्न पूर्वतयारी गरेर मात्रै बुकिङ खोल्ने सहमति भएको छ ।

व्यवसायीले तयारी नपुगेको र वैज्ञानिक भाडा समायोजनको विषय सम्बोधन नभएको भन्दै २५ गते बुकिङ खोल्न नसकिने बताएका हुन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग छ । डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरे पनि ५ घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो । यातायात व्यवसायीले अब दशैंको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका हुन् ।

विभागले चाडबाडअघि कुनै हालतमा भाडा समायोजन गर्न नसकिने जानकारी व्यवसायीलाई गराएको छ । सरकारले वैज्ञानिक भाडा समायोजनका लागि समिति बनाएको र त्यसले काम गरिरहेकाले तत्कालै भाडा वृद्धिको निर्णयमा पुग्न नसकिने विभागले जनाएको छ |

दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि सरकारले हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग राखेर सरकारलाई दबाव दिने गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!