प्रहरीको असई हुँ भन्दै काठमाडौँमा रकम असुल्न खोज्ने २ जना पक्राउ

Posted on: 05 Sep, 2019

भदौ १९, काठमाडौं । काठमाडौँमा प्रहरीको असई हुँ भन्दै अवैधरुपमा रकम असुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं सामाखुशी बस्ने तेह्रथुम आठराई गाउँपालिका-१ का २७ वर्षीय भक्तबहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोकका ३१ वर्षीय हिमाल लिम्बु रहेका छन् । प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

उनीहरुले अपराध महाशाखाको प्रहरी सहायक निरीक्षक  (असई) भएको भन्दै काठमाडौं स्वयम्भू गैरीगाउँका धर्म गुरुलाई डर-धम्की देखाइ रकम असुल गर्न खोजेको प्रहरीले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!