भदौ १९, काठमाडौँ | प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चार वटा निर्माण सेवा कम्पनिलाई कालोसूचीमा राखेको छ | कार्यालयलमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले सूचना निकालेर बिहीबारदेखि लागू हुने गरी झापाको गणेश निर्माण सेवा, काठमाडौं महानगर-३ को श्री विपिन कन्स्ट्रक्सन क्लिन जनशक्ति एण्ड सप्लायर्स प्रालि, बाँकेको श्री अनमोल निर्माण सेवा र जुम्लाको कृष्णा निर्माण सेवालाई कालोसूचीमा राखेको हो।
कालोसूचीमा परेका निर्माण व्यवसायीहरूले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ। कार्यालयले निर्माण सेवालाई कालोसूचीमा राखेको जानकारी सम्बन्धित स्थानीय तहलाई लेखेर पठाएको छ।
गणेश निर्माण सेवा, कृष्णा निर्माण सेवा, अनमोल निर्माण सेवालाई एक वर्ष र विपिन कन्स्ट्रक्सनलाई दुई वर्ष कालोसूचीमा राखिएको हो। कार्यालयको बुधबार बसेको बैठकले यी सेवालाई कालोसूचीमा राख्ने निर्णय गरेको गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!