१६ किलो सुनसहित समातिएका खच्चड व्यवसायी पुर्पक्षका लागि थुनामा

Posted on: 05 Sep, 2019

भदौ १९, गोरखा | जिल्ला अदालत गोरखामा बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले पुर्पक्षका लागि थुनामा राखेर कारबाही अघि बढाउन आदेश दिएसँगै गुरुङलाई जिल्ला कारागार चलान गरिएको छ।

धार्चे गाऊँपालिका १ केरौंजाका खच्चड व्यवसायी गुरुङ साउन ९ गते १६ किलो सुन सहित पक्राउ परेका थिए। उनले खोर्लाबेशी नजिकै ओढारमा सुन लुकाएका थिए |

उनीविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्धा दर्ता भएको थियो। विभागले गुरुङ विरुद्ध ३५ करोड ६६ लाख ७२ हजार रुपैयाँ जरिवाना गर्न माग गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!