पर्वतमा डेंगुका २ विरामी फेला

Posted on: 06 Sep, 2019


भर्दो २० गते । पर्वतमा दुई जना डेंगुका विरामी फेला परेका छन् । डेंगुका विरामी फेला परेपछि जिल्लाको कुश्मा, डिमुवा, वारीबेनी बजारलाई उच्च जोखिमयुक्त क्षेत्रको रुपमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

यस बाहेक हुवासबजार र बिहादी गाउँपालिकामा पनि डेंगुको जोखिम देखिएकोले उच्च सर्तकता अपनाउन थालिएको कार्यालयले जनाएको छ ।

छिमेकी जिल्ला बागलुङ र म्याग्दीमा डेंगुका विरामी फेला परेसँगै पर्वतमा पनि उच्च सतर्कता अपनाईको हो ।

जिल्ला प्रशासनको पहलमा डेंगु रोगबारे सचेतना अभियान पनि जिल्लामा शुरु गरिएको छ । जिल्ला बाहिर रहेका तर पर्वत स्थायी ठेगना भएका अन्य ११ जनालाई डेंगुको लक्षण देखा परेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!