एसिड प्रहार गरिएकी किशोरीलाई काठमाडौं रिफर

Posted on: 06 Sep, 2019

भदौ २०, वीरगञ्ज | शुक्रबार बिहानै एसिड प्रहारबाट घाइते भएकी १५ वर्षीया किशोरी मुस्कान खातुनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। एसिड प्रहार भइसकेपछि नारायणी अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएकोले थप उपचारको लागि उनलाई काठमाडौं रिफर गरिएको हो।

संघीय सांसद प्रदिप यादवको सहयोगमा काठमाडौं रिफर गरिएको हो। सांसद यादवले उनको उपचारका लागि ५० हजार सहयोग गरेका छन्। सांसद यादवले छात्रामाथि भएको घटना दुखद भएको बताउँदै घटनामा संलग्नहरुमाथि ज्यान मार्ने मुद्दा चलाई आवश्यक कारबाही गर्न सिडिओ र एसपीलाई निर्देशन दिए।

त्रिभुवन उच्चमावि कक्षा ९ मा अध्यनरत छपकैया २ निवासी १५ वर्षीया मुस्कान खातुनमाथि शुक्रबार बिहान ६ बजे दुई जना युवाहरुले एसिड प्रहार गरी घाइते बनाएका थिए। एसिड प्रहारले उनको शरीरको एक भाग पुर्ण रुपले जलेको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा गम्भिर घाउ भएको छ।

घटनामा संलग्न छपकैया निवासी समसाद मियालाई प्रहरीले पक्राउ गरेको छ। अन्य दुई युवकलाई प्रहरीले खोजी जारी राखेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!