सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Posted on: 06 Sep, 2019

भदौ २०, काठमाडौँ | नेपाली सेनाको ट्रकले ठक्कर दिँदा बिहीबार राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रिपुरेश्वर–सुन्धारा सडकखण्डमा बा १ ग २४५६ नम्बरको सेनाको ट्रकले बा८६प ७५० नम्बरको मोटरसाइकललाई साँझ ७ बजे ठक्कर दिएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका ९ का ३५ वर्षीय लेखबहादुर पुन मगर छन् । एउटै दिशामा गुडिरहेको सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको महाशाखाकाले जनाएको छ |

महाशाखाका अनुसार ट्रकको ठक्करले गम्भीर घाइते भएका पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा राति ८ बजे मृत्यु भएको थियो। सेनाको ट्रकलाई महाशाखाले नियन्त्रणमा लिएको छ। चालक जीवन अधिकारीलाई सवारी ज्यानमुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त जनसेवामा पठाइएको विष्टले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!