रौतहटमा मोटरसाइकल दाइजो नपाएको निहुँमा श्रीमतीको हत्या

Posted on: 07 Sep, 2019

भदौ २१, रौतहट । मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका- ७ अकोलवामा एक महिलाको हत्या भएको छ । २५ वर्षीया सन्जु देवीको हत्या भएको हो । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे ।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ । बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको उनले दाबी गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!