काँग्रेस रामेछापको सभापतिमा लवश्री न्यौपाने बिजयी (फोटो फिचर)

Posted on: 20 Feb, 2016

फाल्गुण ८,प्रज्वल पौडेल, रामेछाप ।

नेपाली काङग्रेस रामेछापको जिल्ला सभापतिमा लवश्री न्यौपाने विजयी भएका छन् । कुल खसेको ५ सय ९६ मत मध्ये न्यौपानेले ३ सय १० मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।

labashree 2

उनका प्रतिष्पर्धि अर्जुन केसिले २ सय ७७ मत प्राप्त गरे ।पार्टीका सभापति सुशिल कोईरालाको निधन भएपछि स्थगित भएको चुनावि प्रक्रिया शनिबार भएको थियो । यसअघि माघ २६ मा सभापति पदको लागि भएको निर्वाचनमा अर्जुन केसी, लवश्री न्यौपाने र कृष्णबहादुर महत कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि काँग्रेसको विधान अनुसार बढी मत ल्याउने अर्जुन केसी र लवश्री न्यौपाने बिच पुन प्रतिस्पर्धा भएको हो ।

labashree 2

विजयी उमेद्वार

बिजय भएपछि आफुले  नेपाली काग्रेसको  सागठन लाई चुस्त दुरुस्त बनाउने, कार्यकर्ताको भावना अनुरुप काम गर्ने र स्थानीय निर्बाचनमा नेपाली काग्रेसलाई बहुमत पुर्या‍उन  आफ्नो पहल हुने योजना सार्बजनिक गरेका थिए ।

labashree 5

सभापति बाहेक अन्य सबै पदको मत परिणाम भने यसअघि नै आई सकेको छ । मतपरिणाम अनुसार सचिवमा लेखबहादुर कार्की र कोषाध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भइसेका छन् । विजयी भएसँगै नेपाली काग्रेसको टोलि जिल्ला विकास समिति प्राङ्गणबाट विपि चोक सम्म बजार परिक्रमा गरेको छ ।

labashree 4

निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई शनिबार नै प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!