दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको ज्यान गयो

Posted on: 08 Sep, 2019

 भदौ २२, तुलसीपुर । दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार  तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनिल विकको मृत्यु भएको हो । 

शनिबार बेलुका घरको आँगनमा बसिरहेका अनिललाई रा१त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

चालकले मादकपदार्थ सेवन गरेर चलाएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!