डेंगीको संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु

Posted on: 08 Sep, 2019

भदौ २२, बुटवल | डेंगीको संक्रमणबाट बुटवलमा एक जनाको ज्यान गएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरकी ६१ वर्षीया सावित्रा आचार्यको डेंगीको संक्रमणबाट शनिबार ज्यान गएको हो ।

लगातार ज्वरो आएपछि बिहीबार बुटवलमा आई परीक्षण गर्दा उनमा डेंगीको संक्रमण पाइएको थियो। तीन दिनदेखि प्रादेशिक अस्पताल बुटवलको आइसियु कक्षमा राखी उपचार गरे पनि रगतमा रहेको प्लेटलेट्सको मात्रा नबढेपछि आचार्यको शनिबार साढे पाँच बजे निधन भएको हो।

परीक्षण गर्दा ७५ हजार रहेको प्लेटलेट्सको मात्रा शुक्रबार साँझदेखि घट्दै गई १५ हजारमा पुगेको सावित्राका छोरा रामप्रसाद आचार्यले बताए। रामप्रसाद नेपाल पत्रकार महासंघ रूपन्देहीका सचिव हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!