दरबन्दी मिलान नहुँदा ४ हजार कर्मचारी जिम्मेवारीविहीन

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौं | दरबन्दी मिलान नहुँदा संघीय सरकारअन्तर्गतका ४ हजार ८ सय ८४ कर्मचारी जिम्मेवारीविहीन छन् । कार्यालय सहयोगीदेखि ११ औं तहसम्मका अधिकांश फाजिल कर्मचारी संघअन्तर्गतका विभिन्न कार्यालयमा हाजिर गरेर फर्कने गरेका छन् |

 गत चैतमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुँदा फाजिल कर्मचारी व्यवस्थापन गरिएको थिएन | साविक आकाशवाणी (आवा) का टेलिफोन अपरेटर, टाइपराइटरलगायत कर्मचारी व्यवस्थापन हुन नसकेको हो |

कम्प्युटरको प्रयोग बढेसँगै अधिकांश सरकारी कार्यालयबाट टाइपराइटर सेवा विस्थापित भइसकेको छ | २०६० अघिसम्म आवा सेवा प्रभावकारी थियो | यो समाचार आजको कान्तिपुर दैनिकमा छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!