कैलालीमा बस दुर्घटना हुँदा ७ जना घाईते

Posted on: 08 Sep, 2019

भदौ २२, कैलाली | कैलालीमा बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन् | टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७९७६ नम्वरको बस लम्कीचुहा नगरपालिका १ मा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन्। बस अनियन्त्रित भएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ |

बसमा सवार १७ जना मध्ये ७ जना घाईते भएको र उनीहरुको लालरत्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!