लुटपाटको गिरोहमा विप्लवको कार्यकर्ता पनि संलग्न

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौं | प्रहरीले लुटपाटमा संलग्नको आशंकमा शनिबार बालाजु माछापोखरीबाट पक्राउ गरेका ८ जनामा विप्लव समूहका कार्यकर्ता पनि रहेका छन् । शनिबार हतियारसहित पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता रसुवाका योर्साङ घले पनि रहेका महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

त्यस्तै पक्राउ पर्नेमा नेपाली सेनाका भगौडा कुशल अधिकारी पनि रहेका छन् । हाल हाइ रेष्टुरेन्ट एन्ड डान्सबारका सञ्चालक रहेका उनी गोरखाका हुन् | पक्राउ पर्ने अन्यमा रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, विजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन् । 

उनीहरुको साथबाट दुईवटा चाइनिज पेस्तोल, दुईवटा म्याग्जिन र चार राउण्ड गोली र एक किलो सुन प्रहरीले बरामद गरेको परिसरका एसपी अशोक सिंहले बताए । उनीहरु रसुवा नाकाबाट अवैध रुपमा ल्याएको सुन लुट्ने योजनामा रहेको प्रहरीको आशंका छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!