फेरि बढ्यो सुनको भाउ

Posted on: 09 Sep, 2019

भदौ २३, काठमाडौं । आज सुन तोलामा २ सय रुपैयाँले बढेको छ। हिजो आइतबार  तोलामा ५ सय रुपैयाँले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन आइतबार तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ।

 आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!