नेकपाका नेता बामदेव गौतमलाई पनि डेंगुको आश‌ंका

Posted on: 10 Sep, 2019

भदौ २४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ | उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए । 

शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए । केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!