बसमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद पक्राउ

Posted on: 10 Sep, 2019

भदौ २४, काठमाडौँ | सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार रत्नपार्क-भैंसेपाटी रुटको बसमा उनले एक युवतीमाथि यौन दुर्व्यवहार गरेको ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिहंले जानकारी दिइन्।

यौन दुर्व्यवहारपछि ती युवतीले प्रतिकार गरेकी थिइन। प्रहरीमा उनले खबर गरेपछि घिसिङलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद हुन्।  यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!