कैलालीमा नेकपाका नेताको गाडीमा आगजनी

Posted on: 10 Sep, 2019

भदौ २४, कैलाली  | कैलालीको घोडाघोडी नगरपालिका–१ सुन्दरपुरका नेकपाका स्थानिय नेता गौरीप्रसाद जोशीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । जोशीले आफ्नै घर आगाडी पार्किङ गरि राखेको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो। 

आफ्नै घर आगाडी पार्किङ गरि राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियोमा गयराति करिब १२ बजे आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ ।

आगजनीबाट गाडीको अगाडीको भाग जलेर क्षेती  भएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी निरीक्षक हरिशशरण भट्टले जानकारी दिएका छन् | प्रहरीका अनुसार आगलागी कस्ले र किन गरेको हो भन्ने बारेमा अनुसन्धान भईरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!