पहिलोपटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक

Posted on: 10 Sep, 2019

भदौ २४, काठमाडौँ | मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलोपट सम्पत्ति विवरण सार्वजनिक गरेका छन् | सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए |

‘सम्पति विवरण सार्वजनिक गरेको छु। आजै हाम्रो वेबसाइटमा हेर्न सकिन्छ। अन्य सैनिक सबैले सार्वजनिक गर्न सक्नुहुनेछ’, उनले भने,‘सम्पत्ति विवरण गोप्य राखिनेछ कसैले चाहनुहुन्छ भने सम्पत्ति सार्वजनिक गर्न सक्नुहुनेछ। राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएकाले सेनाभित्रको आर्थिक गतिविधि छानबिन नगरिएको हो। यसलाई दुरूपयोग नगरौं।’

सेनाभित्र भ्रष्टाचार छानबिन हुँदैन त्यसैले अनियमितता हुन्छ भन्ने आरोप लागेकोले अब त्यसबारेमा पनि छानबिन हुने उनले बताए ।  सेनाभित्रको अनियमितता र भ्रष्टाचार छानबिन हुनेमा उनले प्रष्ट पारेका छन्  |नेपाली सेनामा गरिएको सर्वेक्षणबाट आफूले गरेको काम ७० प्रतिशत भन्दा बढी सफल भएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!