प्रधानसेनापतिको सम्पत्ति : ५५ तोला सुन, २४ लाख नगद

Posted on: 10 Sep, 2019

भदौ २४, काठमाडौँ | नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार खरिद गरिएको उल्लेख छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आइएमइ बैंकको खातामा ४२ हजार र उनको श्रीमतीको नाममा ५० हजार नगद रहेको उल्लेख छ।

श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति  विवरणमा उल्लेख छ । यसका साथै उनको काठमाडौं, नवलपरासी, लमजुङमा जग्गा समेत रहेको छ । सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!