अब अदालतमा दोभाषे सेवा उपलब्ध

Posted on: 25 Feb, 2016

प्रज्वल पौडेल/फागनु १३, रामेछाप । मुद्धाको कुनै पक्ष वा साक्षीलाई दोभाषे आवश्यक परेका बखत अब अदालतले दोभाषे उपलब्ध गराउने भएको छ ।

दोभाषे प्रयोग सम्बन्धी निर्देशिका २०७२ सर्वाेच्च अदालतबाट पारित भई देशभरिका सबै अदालतमा पत्राचार समेत गरिसकिएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश किरणप्रसाद शिवाकोटीले भाषाका कारण समस्यामा परेका सेवाग्राहीलाई दोभाषे सेवा अदालतले उपलब्ध गराउने बताए ।

यसका लागि अदालतले दोभाषेको सूची तयार गर्ने जिल्ला न्यायाधीश शिवाकोटीले जानकारी दिए । सरकारी कामकाजको भाषा नबुझ्ने सेवाग्राहीका लागि न्यायमा पहुँच सुनिश्चित गर्न यस्तो निर्देशिका आएको जिल्ला अदालतका श्रेस्तेदार मनोज श्रीवास्तवले जानकारी दिए ।

रामेछापमा कुनकुन भाषामा दोभाषे आवश्यक पर्छ भन्ने विषयमा छलफल गरी दोभाषे सूचिकृत गरिले श्रीवास्तवले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!