स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा

Posted on: 11 Sep, 2019

भदौ २५, काठमाडौँ | बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराएका छन् | सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका प्रधानमन्त्री ओली साधारण फलोअपका लागि बुधबार बिहान शिक्षण अस्पाल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् |

सिंगापुरबाट फर्किएपछि सामान्य फलोअपका लागि प्रधानमन्त्री अस्पताल गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ |

सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि प्रधानमन्त्रीलाई केही दिनका लागि एन्टिबायोटिक चलाइएको र त्यसले सामान्य कमजोरी महसुस गराउने उनी निकट स्रोतले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!