दाङमा रूखले च्यापेर एक बालकको मृत्यु

Posted on: 11 Sep, 2019

भदौ २५, दाङ | दाङमा विद्यालयबाट घर फर्किंदै गरेका एक बालकको रूखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन् | जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ सोतिटोलामा रूख ढलेपछि च्यापिएर स्थानीय दस वर्षीय सुजन खत्रीको मृत्यु भएको हो।

सँगै हिँडिरहेका अर्का नौ वर्षीय बालक तिकल खत्री घाइते भने भएका छन् | घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। घाइते तिलकलाई टाउकोमा चोट रहेको तथा अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए।

मंगलबार साँझ पौने ५ बजे तिर स्थानीय खमारी च्युरीडाँडा प्राथमिक विद्यालयबाट घरतर्फ जाँदै गरेका दुई बालकलाई एक्कासी रूख ढलेर च्यापेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!