१९ वर्षीया किशोरी १० जनाद्वारा बलात्कृत

Posted on: 11 Sep, 2019

भदौ २५, नवलपरासी | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेखुवानमा कार्यालय हिँडेकी १९ वर्षीया किशोरी १० जनाद्वारा बलात्कृत भएकी छिन् । आइतबार भारतिय सिमासँग जोडिएको सुस्तामा कार्यालय हिँडेकी  किशोरीलाई १० जनाको समुहले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । 

सामुहिक बलात्कार गर्नेहरु मध्ये ९ जनालाई पश्चिम नवलपरासीको प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकलको पछाडि बसेर आइतबार विहान करिव ९ बजे कार्यालय जाँदै गरेकी  १९ बर्षीया किशोरीलाई मोटरसाईकल चालकले रोकेर फोन गरिरहेको बेला ती किशोरीलाई मोटरसाईकलबाट अपहरण गरि नजिकै रहेको उखुबारीमा लगेर १० जनाको समुहले पालैपालो बलात्कार गरेको  प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न हुनेहरुमा  १९ बर्षीय अमरनाथ भेडियार , सोही उमेरका पिन्टु राजभर, २२ बर्षीय सन्दीप यादव, सोह िउमेर समुहका शिवराज राजभर, राजु भेसहर, २५ बर्षीय मनमोन, राजभर , ३२ बर्षीय सुरेन्द्र यादव , बर्ष ३७ का भीमललवा मुसहर , ४० बर्षीय नेत्र चौधरी रहेका छन् ।

उनीहरु सबै सोही वडाका एउटै टोलवासी रहेको जनाईएको छ । पक्राउ परेका ९ जनालाई अदालतमा जवरजस्ती करणीको मुद्धा दायर गरिएको छ । 

एक जना फरार रहेको  पश्चिम नवलपरासी प्रहरी कार्यालयले जानकारी दिएकू छ | रक्ताम्मे किशोरीलाई  अस्पताल भर्ना गरिएको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य भईसकेको  प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!