मलेसिया खुलाउने छलफल सकियो, निर्णय शुक्रबार

Posted on: 12 Sep, 2019

भदौ २६, काठमाडौं । करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच दोस्रो दिनको छलफल बुधबार सकिएको छ । 

मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्रजायामा भएको संयुक्त कार्यदल९जेडब्लुजी०को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो ।यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए । 

‘वार्तामा दुवै मुलुकका प्रतिनिधिले आफ्ना धारणा राखेका छौं । केही विषयमा सहमति नजिक पुगेका छौं ।’,

बैठकमा नेपाली टोलीको नेतृत्व गरेका श्रममन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले भन्नुभयो,‘ शुक्रबार निष्कर्षमा पुग्ने अपेक्षा गरेका छौं ।’ यो समाचार नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!